neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारी कर्मचारीलाई टिकटक बनाउन प्रतिबन्ध

सरकारी कर्मचारीलाई टिकटक बनाउन प्रतिबन्ध

Jun 12th, 2023

काठमाडौं, जेठ २९

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक बनाउन प्रतिबन्ध लगाएको छ। अब निजामति कर्मचारीहरुले टिकटक बनाउन नपाउने भएका हुन्। 

मन्त्रालयले कार्यालय समयमा, कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाएको सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए।

यदि निजामती कर्मचारीले यस्ता नियम उल्लंघन गरेको पाइए अनुशासन नियम अन्तर्गत कारबाही गर्ने उनले जनाए।

पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकोले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ।