neapl investment mega bank
  • गृहपृष्ठ
  • लुभु उच्च मा.विद्वारा ६० इञ्जिनियरलाई प्रमाणपत्र वितरण

लुभु उच्च मा.विद्वारा ६० इञ्जिनियरलाई प्रमाणपत्र वितरण

Jun 11th, 2023

ललितपुर जेठ २७

ललितपुरको लुभु उच्च मा.वि.ले गत ०७५÷०७६ मा सञ्चालन भएको ३ वर्षीय डिप्लोमा इन इञ्जिनियरिङ्गका ६० जना विद्यार्थीहरुलाई इञ्जिनियरको प्रमाण पत्र र मायाको चिनो प्रदान गरेको छ । कार्यक्रम बागमती प्रदेश का पूर्व स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रमका अतिथिहरु ललितपुर जिल्ला शिक्षा समन्वय इकाई प्रमुख निम प्र.राठोर, सिटिइभिटीका ठाकुर नाथ पराजुली, महालक्ष्मी नगरपालिकका शिक्षा शाखा प्रमुख चिरिञ्जीवी पौडेल, लुभु उच्च मा.वि.का विद्यालय व्यवस्थापन समितिका सभापति रामगोपाल सिंह , गम्भिर समुद्र सेतु स्कूलका प्रिन्सीपल सुरेन्द्र महर्जन लगायतले विद्यार्थीहरुलाई शुभकामना मन्तव्य दिएका थिए ।

साथै महालक्ष्मी नगरपालिकाका वडा नंंं.६ देखि १० का वडा अध्यक्ष र सदस्यहरु, सामुदायिक विद्यालयका शिक्षकहरु, पूर्व शिक्षकहरु, राजनीतिक दलका सभापतिहरु, मंकाखल, धिमे बाजाका संचालकहरुको उपस्थितीमा कार्यक्रम संचालन भएको विद्यालयकी प्रिन्सिपल प्रभालक्ष्मी अमात्यले बताइन् ।