neapl investment mega bank
  • गृहपृष्ठ
  • रुस्लान भोड्का ५० ओं वर्ष पार गरेकाे अवसरमा अब नयाँ आकर्षक बोतलमा

रुस्लान भोड्का ५० ओं वर्ष पार गरेकाे अवसरमा अब नयाँ आकर्षक बोतलमा

Jun 9th, 2023

रुस्लानले भोड्का ५० ओं वर्ष पार गरेको छ । सन् १९७३ मा स्थापना भएको रुस्लान स्थापनाकालदेखि नै उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको कम्पनीले बताएको छ । 

आफ्नो ५ दशकको उपलब्धिको सम्झना गर्दै कम्पनीले बोतल डिजाइनलाई उत्कृष्ट, आकर्षक एवं अत्याधुनिक स्वरुप दिएको छ । हालै सार्वजनिक गरिएको नयाँ बोतल आकर्षक र पारदर्शी बनौटमा रहेको बताइएको छ ।  

ग्राहकको चाहनालाई मध्यनजगर गर्दै सिर्जनशिलता र नयाँपन ब्रान्डका लागि विभिन्न समयमा परिष्कृत रुपमा उत्पादन एवं बोटलिङ गर्दै आएको र आगामी दिनमा पनि ग्राहकको चाहनालाई उच्चस्थान दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।