काठमाडौँ २३ जेठ
नक्कली भूटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहस आज सकिएको छ । सरकारी वकिलका तर्फको बहस आज सकिएको हो। सरकारी वकिलका तर्फको बहस सकिएपछि अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्नेछन् ।
जिल्ला अदालत काठमाडौँका अनुसार जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा यस प्रकरणका प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुनसक्ने तथा जाहेरीकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल सरकारी वकिलले प्रस्तुत गरेका थिए ।
सा ेप्रकरणमा पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई संगठीत अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको अपराधमा २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जनाएको छ ।