neapl investment mega bank
  • गृहपृष्ठ
  • नयाँ सारथी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

नयाँ सारथी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

Jun 6th, 2023

काठमाडौं, जेठ २३

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो ।

संस्थाका शेयरधनीहरु पुर्ण बहादुर खत्रीको नाममा रहेको १२ हजार कित्ता र रेशम राज विष्टको नाममा रहेको १० हजार ८३१ कित्ता गरी कुल २२ हजार ८३१ कित्ता शेयर संस्थाले बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित गरिएकोमा सो अवधिमा कुनै पनि संस्थापक शेयरधनीबाट शेयर खरिदको लागि निवेदन नपरेकोमा एकिकृत निर्देशन अनुसार अव जो कोहिले सो शेयर खरिद गर्न सक्नेछन् ।

उक्त शेयर खरिद गर्न इन्छुक व्यक्ति तथा संस्थाले ७ दिन भित्र संस्थाको प्रधान कार्यालय, धुलिखेल, काभ्रेपलान्चोकमा आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।