neapl investment mega bank
  • गृहपृष्ठ
  • महानगरपालिकाले दियो ३४२ विद्यालयलाई अनुमति रद्दको चेतावनी

महानगरपालिकाले दियो ३४२ विद्यालयलाई अनुमति रद्दको चेतावनी

Jun 6th, 2023

काठमाडौं, जेठ २३

काठमाडौं महानगरपालिकाले छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने बिद्यालयलाई कारवाही गर्ने चेतावनी दिएको छ । मंगलबार सुचना जारी गर्दै महानगरले अनुमति रद्द गर्ने चेतावनी दिएको हो ।

आगामी जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी विवरण महानगरमा नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने जानकारी पनि सूचना मार्फत दिइएको छ ।

महानगरले छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने ३४२ विद्यालयको सूची समेत सार्वजनिक गरेको छ ।