neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्व वातावरण दिवसको अवसर आनन्त स्कुल देखि लामाटार सम्मका सडकपेटीमा वृक्षारोपण

विश्व वातावरण दिवसको अवसर आनन्त स्कुल देखि लामाटार सम्मका सडकपेटीमा वृक्षारोपण

Jun 5th, 2023

ललितपुर, २२ जेठ 

विश्व वातावरण दिवसको अवसर पारेर ललितपुरको आनन्त स्कुल देखि लामाटारसम्मका सडकपेटीमा वृक्षारोपण गरिएको छ ।
साथै ललितपुरमा पाँच सय विरूवा वृक्षारोपणसँगै सरसफाइ कार्यक्रम आयोजना गरी विश्व वातारण दिवस मनाइएको छ ।

डिभिजन वन कार्यालय ललितपुर र वातावरण क्षेत्रमा काम गर्दै आएका संघसंस्थाको अगुवाईमा जनचेतनामुलक कार्यक्रमका साथै वृक्षारोपण र सरसफाइ गरी दिवस मनाइएको हो ।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भइ हरेक वर्ष जुन ५ मा मनाउन लागिएको हो । यस वर्ष ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको छ ।