काठमाडौं २२ जेठ
सहकारी संस्थामा आएको विकृति ढाकछोप गर्न र आफ्नो बचाउको लागि सरकरकासंग विभिन्न माग राखेर सडक आन्दोलनमा उत्रिएका सहकारीका सञ्चालकहरुले रातारात आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । सञ्चालकहरुको लापरबाही र ठग प्रवृतिको कारण सहकारीहरु समस्यामा परेपछि उनीहरु नै आफ्नो समस्या सरकारलाई थोपरेर उम्कीन खोजेका थिए । तर सरकारी पीडितहरुले सरकारी सञ्चालक विरुद्ध आन्दोलन जारी राखेपछि र सरकारले सरकारी सञ्चालनकको नाजायज माग पूरा गर्ने संभावना नदेखेपछि उनीहरु पछि हटेका हुन् ।
सरकार विरुद्ध चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको राष्ट्रिय सहकारी महासंघले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । सहकारी समस्या समाधान सहजीकरण कार्यदलले मध्यरातमा प्रेस विज्ञप्ति जारी गर्दै आन्दोनको कार्यक्रम स्थगित गरेको हो । जारी विज्ञप्तिमा भनिएको छ, ‘जेठ २१ गतेदेखि गर्ने भनिएका सम्पूर्ण दबाबमूलक कार्यक्रमहरु विशेष कारणवश स्थगित गरिएको छ । साथै माग पुरा गराउनका लागि तुरुन्त दवावमूलक कार्यक्रमहरुलाई निरन्तरता दिईने जानकारी गराउँदछौं ।’
आन्दोलनका कार्यक्रम अनुसार आज संघीय सहकारी विभाग र साथै प्रदेशको सहकारी महाशाखामा रिले अनसनको कार्यक्रम थियो । सहकारी संस्थाहरुमा देखिएका बेथिति तत्काल सुधार्न आवस्यक भएको भन्दै राष्ट्रिय सहकारी महासंघले विभिन्न माग अघि सारेको थियो । यता सहकारी पीडितहरुले भने आफ्नो बचत फीर्ता नपाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।