neapl investment mega bank
  • गृहपृष्ठ
  • पाल्पामा जिप दुर्घटना ४ को मृत्यु, ११ घाइते

पाल्पामा जिप दुर्घटना ४ को मृत्यु, ११ घाइते

Jun 5th, 2023

पाल्पा २२ जेठ

पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जिप दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।दुर्घटनामा चालकसहित ३ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जिप आइतबार साँझ पाल्पाको कउरेछेडाँमा दुर्घटनामा परेको थियो।

मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेना बस्ने चीप चालक २६ वर्षीय रमेश विक, पाणिनी– १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोककी २५ वर्षीया सीता गौतम र सोही स्थानका २ वर्षीय बालक संयोग गौतम रहेका छन्। संयोगको उपचारको क्रममा र अन्यको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।