neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियस

काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियस

Jun 2nd, 2023

काठमाडाैं, जेठ १९

काठमाडौंसहित देशभरको तापक्रम बढिरहेको छ । काठमाडौंमा आज दिउँसो तापक्रम बढेर ३२ डिग्री सेल्सियससम्म पुग्नेछ । तराइमा अधिक गर्मीले गर्दा जनजविन प्रभावित भइरहेको छ । गर्मीका कारण विद्यालयहरुमा बालबालिका बेहोस हुने, ज्वरो आउने, पेट दुख्ने लगायतका बिरामी बढ्न थाललेका छन् ।

केही दिनदेखि बढ्दै गएको गर्मीको कारणले जनजीवन कष्टकर बन्दै गएको छ । निरन्तर बढ्ने क्रममा रहेको छ । आज काठमाडौंमा ३० देखि ३२ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने सम्भावना रहेको मौसमविद्को अनुमान छ ।