neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुर महानगरले सभ्य नागरिक नामक वृत्तचित्र प्रस्तुत

ललितपुर महानगरले सभ्य नागरिक नामक वृत्तचित्र प्रस्तुत

May 31st, 2023

ललितपुर, जेठ १७

ललितपुर महानगरपालिकाले तयार पारेको सभ्य नागरिक नामक वृत्तचित्र विमोचन कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यमा भएको हो ।

सो कार्यक्रममा बोल्दै मेयर महर्जनले यही वर्ष ललितपुरको प्रत्येक वडामा २९ वटा स्मार्ट शौचालय निमार्ण गर्ने बताएका छन् । महर्जनले एक किलो मिटरमा एउटा ट्वाईलेट भन्ने अन्तर्राष्ट्रिय मापदण्डको आधारमा उक्त स्मार्ट ट्वाईलेट निमार्ण गर्न लागेको जानकारी दिए ।