काठमाडौं, जेठ १७
नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज १५ सय रूपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहको छ ।
यता, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।