neapl investment mega bank

एनएमबी बैंक शाखामा लुटपाट

May 30th, 2023

काठमाडौं, जेठ १६

महोत्तरीको महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखामा कर्मचारी र ग्राहकलाई बन्धक बनाएर लुटपाट गरिएको छ ।​ आज दिउँसो साढे १२ बजेको समयमा करिब ४० लाख रुपैयाँ लुटपाट भएको हो । प्रहरीका अनुसार चारजनाको समूहमा आएका लुटेराले बैंकबाट सो रकम लुटेर लगेका हुन् ।

सीसीटिभीमा देखिएको फुटेजमा लुटेराहरू चारैजनाको हातमा बन्दुक देखिन्छ । उनीहरूले बैंकमा रहेका ग्राहक र कर्मचारीमाथि बन्दुक देखाएर सबैलाई बन्धक बनाई रकम लिएर फरार भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । 

सीसीटिभीमा चारजना लुटेरा देखिए पनि लुटपाटमा अन्यको पनि संलग्नता हुनसक्ने प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण  आउन बाँकी रहेको छ ।