काठमाडौं, जेठ १४
नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।
योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा किनबेच भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँ कायभ भएको छ ।
यता, चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य १३ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।