neapl investment mega bank
  • गृहपृष्ठ
  • रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

May 28th, 2023

काठमाडौँ, जेठ १४

मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ  । एक मन्त्रीका अनुसार  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।

सोमबार परेको गणतन्त्र दिवसका अवसरमा चौधरीलाई छाड्ने सरकारको योजना छ । साथै हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिहरुलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी बैठकले सिफारिस गरेको छ । गत जेठ १२ मा चौधरीको आममाफी सम्बन्धी प्रस्ताव राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयमा फिर्ता पठाएका थिए ।

चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको थियो ।