neapl investment mega bank
  • गृहपृष्ठ
  • सरसफाई कार्यक्रममा सहभागि हुन बालेनको आग्रह

सरसफाई कार्यक्रममा सहभागि हुन बालेनको आग्रह

May 26th, 2023

काठमाडौं, जेठ १२

काठमाडाैं महानगरपालिकाको प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पद बहाली गरेको एक वर्ष पूरा भएको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गर्न, साझेदारले आयोजना गर्ने कार्यक्रममा सहयोग र समन्वय गर्न प्रमुख साहले ३२ वटै वडाका जनप्रतीनिधिहरुलाई पत्रमार्फत अनुरोध गरेका हुन।

जेठ १३ गते बिहान ७ देखि १० बजेसम्म आयोजना हुने विशेष सरसफाइ कार्यक्रममा सहभागी हुनका लागि प्रमुख साहले आग्रह गरेका हुन।