neapl investment mega bank
  • गृहपृष्ठ
  • उपत्यकामा सार्वजनिक यातायातको भाडा घट्यो

उपत्यकामा सार्वजनिक यातायातको भाडा घट्यो

May 26th, 2023

काठमाडौं, जेठ १२

काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको भाडादर घटेको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबारदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा नयाँ भाडादर लागू गरेको हो । जसअनुसार ५ किलोमिटरसम्मको भाडादर १९ रुपैयाँ कायम भएको छ । यसअघि ५ किलोमिटरसम्मको भाडादर २० रुपैयाँ थियो । 

यसैगरी १० किलोमिटरसम्मको २५ रुपैयाँ, १५ किलोमिटरसम्मको ३० रुपैयाँ र २० किलोमिटरसम्मको ३३ रुपैयाँ कायम भएको मन्त्रालयले राजपत्रमा जारी गरेको सूचनामा उल्लेख छ ।  यस्तै उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा पाँच दशमलव ६९ प्रतिशतले भाडा घटाइएको छ ।