neapl investment mega bank

यस्तो लाग्छ तिमिलाई……….

May 25th, 2023

काठमाडौंं, जेठ ११
यस्तो लाग्छ तिमिलाई हेरी रहु
सेती नदीका किनारमा सधैँ घुमिरहूँ
जीवन यो हुरी बतास हैन
मनलाई सम्हाल किन दुखेको छ मन
 
तिमिलाई देख्दा लाग्छ दुनियाँ सारा खुसी छ
त्यो खेतमा फूल फुलिरहेको छ
त्यो मनमा हेरेर बसिरहनु छ
जिन्दगीमा सधैँ रमाएर बस्नु छ
 
यो  जिन्दगी यस्तो लाग्छ सधैँ फुलिरहोस्
तिमि सँग बसेर जिन्दगीमा खुसी मिलोस्
तिमि बिना यस्तो लाग्छ जिन्दगी नै अँध्यारो छ
उज्यालोमा मैले उनलाई खोज्नु छ
 
सागर सामु पुगेर हेरी रहु लाग्छ
सधैँ भरि किनार छोएर बगिरहूँ जस्तो लाग्छ

-गोबिन्द राज ओझा (राजन) दिपायल सिलगढी न.पा.२ दिपायल डोटी