काठमाडौं ७ जेठ
न्यूनतम पारिश्रमिक निर्धारण समितिले समितिले श्रमजीवी पत्रकारहरुको तलबमान मासिक ३४ हजार १२५ रुपैयाँ पुर्याउन सिफारिस गरेको छ । साथै समितिले कर्मचारी र कामदारहरूको न्यूनतम तलबमान ४० प्रतिशतले बढाउन सिफारिस गरेको छ ।
समितिकी अध्यक्ष संगीता खड्काले आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई श्रमजीवी पत्रकारको न्यूनतम तलब वृद्धिको सिफारिस सहितको प्रतिवेदन बुझाएकी हुन् । यसअघि उनीहरूको तलबमान मासिक २४ हजार ३७५ रुपैयाँ थियो ।
यसैगरी ऐन पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजीवी कर्मचारी र कामदारको न्यूनतम तलब १८ हजार रुपैयाँबाट २५ हजार २ सय रुपैयाँ कायम गर्न सिफारिस गरिएको छ ।