काठमाडौं ५ जेठ
राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । नयाँ आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।
आज शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले निजगड विमानस्थल निर्माण कार्य अघि बढाइने बताएका छन् ।
राष्ट्रपति पौडेलले आन्तरिकसँगै अन्तर्राष्ट्रिय विमानस्थलहरुको स्तरोन्नतीसँगै विकासमा विशेष प्राथमिकता दिने जनाउँदै निजगढ विमानस्थल बनाउन अग्रसरता लिने जनाएका छन् ।
यसअघि वन फडानी तथा रुख कटाउनका विवादकाबीच सर्वोच्चले सो विमानस्थल निर्माण कार्य रोक्न आदेश दिएको थियो ।