आधारभूमि जेठ ५, ललितपुर ।
मेरो राष्ट्रको लागि २ घण्टा समाज सेवा भन्ने मूल नाराका साथ दक्षिणबाट उत्तर तिर बग्ने गोदावरी खोला एक मात्र धार्मिक नदी गोदावरी खोला सरसफाई जुट्न गोदावरी क्षेत्र सरसफाई अभियन्ताहरु, वन इकाई डिभिजन, महालक्ष्मी नगरपालिकाका ५ देखि ८ वडाका वडावासीहरु, नेपाली सेना, नेपाल प्रहरी, शिक्षक, विद्यार्थी, समाजसेवी, पत्रकार, वकिल, बद्धिजीवी, महालक्ष्मी नगर भित्र रहेका सम्पूर्ण दलका नेताहरुलाई, गोदावरी खोला सरसफाईकी संयोजक बेवी राजभण्डारीले विहान ७ बजे लुभू पुलमा उपस्थित भई गोदावरी खोला सरसफाईका लागि आव्हन गर्दै सरसफाई जुट्न अपिल समेत गरेकी छिन् ।

