neapl investment mega bank
  • गृहपृष्ठ
  • नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

May 19th, 2023

काठमाडौ ५ जेठ

नीति तथा कार्यक्रम अनुमोदन गर्न आज मन्त्रीपरिषद्को बैठक सिंहदरबारमा बस्दैछ।

मध्याह्न १२ बजे बस्ने तय भएको मन्त्रिपरिषद् बैठकमा सरकारले शुक्रबार संघीय संसद्मा पेश गर्ने नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको वताइएको छ । राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।

राष्ट्रपति निर्वाचित भएपछि पौडेलले पहिलोपटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन्। नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद्को बैठक अपराह्न ४ बजे बोलाइएको छ।