neapl investment mega bank

सुनको मूल्य घट्याे

May 19th, 2023

काठमाडौं, जेठ ५

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ ।

योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने यथावत नै रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा किनबेच भएको थियो ।