neapl investment mega bank
  • गृहपृष्ठ
  • नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी उम्कीन पाउँदैन प्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी उम्कीन पाउँदैन प्रधानमन्त्री

May 18th, 2023

काठमाडौं ४ जेठ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी जुनसुकै तहका व्यक्ति भए पनि कानुनी कारबाही गरिने प्रष्ट पारेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरमार्फत सोध्नुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले दोषी जुनसुकै तहका पदाधिकारी तथा व्यक्ति भए पनि कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने उल्लेख गरे ।

उनले प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धानमा हालसम्म कुनै पनि हस्तक्षेप नभएको र आगामी दिनमा पनि हस्तक्षेप नगरिने बताउनुभयो। उहाँले दोषी नउम्किउन् र निर्दोष नपरुन् भन्नेमा सरकारको जोड रहेको बताए ।
उनले भने ‘‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधको निष्पक्ष अनुसन्धान गरेर प्रमाणका आधारमा दोषी देखिएका जुनसुकै तहका पदाधिकारी तथा व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन यो सरकारले कुनै कसर बाँकी राखेको छैन। नेपाल प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धान कार्यमा कुनै निकायबाट पनि हस्तक्षेप भएको छैन। हस्तक्षेप गरिने छैन। भ्रष्टाचारसँग सम्बन्धित अन्य प्रकरणको पनि कानुन अनुसार अनुसन्धान र कारबाही हुने ब्यहोरा म प्रष्ट गर्न चाहन्छु। दोषी कोही पनि उम्किन नपाओस्। निर्दोष कोही पनि नपरोस् भन्ने हाम्रो जोड रहेको छ।”