neapl investment mega bank

घट्यो सुनको मूल्य

May 17th, 2023

काठमाडौं, जेठ ३

नेपाली बजारमा सुनको मूल्य ह्वात्त घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार १ सय रुपैयाँ घटेको छ ।

योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयामा किनबेच भएको छ ।

यता, चाँदी पनि ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।