neapl investment mega bank
  • गृहपृष्ठ
  • पूर्वराष्ट्रपति विद्याले गरिन् मदन भण्डारीको सालिकमा माल्यार्पण

पूर्वराष्ट्रपति विद्याले गरिन् मदन भण्डारीको सालिकमा माल्यार्पण

May 17th, 2023

काठमाडाैं, जेठ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छन् । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् ।

यसैगरी पूर्वराष्ट्रपति भण्डारीले तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत गरेकी छन् । उद्यानमा उनले स्वामीको बिरुवा रोपेकी हुन्।