neapl investment mega bank

सुनको मूल्यमा सामान्य वृद्धि

May 16th, 2023

काठमाडौं, जेठ २

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर नै रहेको छ । आज पनि चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा नै किनबेच भइरहेको महासंघले जनाएको छ ।