काठमाडौँ १ जेठ
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइने भएको छ ।
आइतबार साँझ काठमाडौँको बुढानिलकण्ठबाट पक्राउ गरेका रायमाझीलाई प्रहरी बृत्त सोह्रखुट्टेमा राखिएको छ। गत २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनी ११ दिनमा आइतबार पक्राउ परेका हुन् ।