काठमाडाैं, बैशाख ३१
भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहँदै आएका नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन्।
उनी पक्राउ परेको प्रहरी सहप्रवक्ता एसएसपी भुपेन्द्र खत्रीले पुष्टि गरेका छन् ।
प्रहरी उच्च अधिकारीका अनुसार प्रहरी प्रधान कार्यालयबाट महानिरीक्षक वषन्तबहादुर कुँवरकाे प्रत्यक्ष निर्देशनमा खटिएकाे टाेलीले उनलाई पक्राउ गरेकाे हाे । उनकाे खाेजीमा रहेकाे विशेष टाेलीले हिजाे मध्यराती उनी उपत्यका प्रवेश गरेकाे सूचना पाएकाे ती अधिकारीले पर्दाफासलाई बताए ।
उनका अनुसार रायमाझीलाई बुढानीलकण्ठको पासिकोटबाट पक्राउ गरिएकाे हाे । रायमाझीविरुद्ध २० वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो।