neapl investment mega bank
  • गृहपृष्ठ
  • ६ करोड रुपैयाँभन्दा बढीको जुत्तासहित ३ वटा ट्रक नियन्त्रणमा

६ करोड रुपैयाँभन्दा बढीको जुत्तासहित ३ वटा ट्रक नियन्त्रणमा

May 14th, 2023

काठमाडाैं, बैशाख ३१

प्रहरीले करिब साढे ६ करोड रुपैयाँ मूल्य बराबरको जुत्तासिहत तीनवटा ट्रक नियन्त्रणमा लिएको छ । शुक्रवार  मकवानपुरको हेटौडा उपमहानगरपलिका-१५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट ६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ बराबरको एडिडास सुपस्टार जुत्तासहित तीन ट्रक सशस्त्र प्रहरीको नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो । 

बिल विजक शंकास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चार लाख ८८ हजार १७३ रुपैयाँ ६३ पैसा अमेरिकी डलर मूल्य लेखिएको प्रज्ञापनपत्रसहित ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रकमा लोड भएको एडिडास सुपरस्टार जुत्ता नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

नियन्त्रणमा लिइएको जुत्तासहितका तीनै ट्रक थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको उनले बताए ।