काठमाडौँ ३१ बैशाख
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको देखिएपछि पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत काठमाडौँले शुक्रवार प्रतिकविरुद्ध पक्राउ अनुमति दिएको हो । नेकपा (एमाले)का उपाध्यक्ष ‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेका थिए ।
सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा। इन्द्रजित राईसहित १२ जना प्रहरी हिरासतमा छन् भने पूर्वमन्त्री टोपबहादुर रायमाझी भने फरार छन् ।