neapl investment mega bank

सुनचाँदीको भाउ आज कति!

May 14th, 2023

काठमाडौं, बैशाख ३१

नेपाली बजारमा आज सुनचाँदीको भाउ यथावत रहेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार पनि छापावाला सुन र तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो । 

यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा किनबेच भइरहको महासघले जनाएको छ । अघिल्लो दिन पनि सोही मूल्य कायम भएको थियो ।