neapl investment mega bank

बढ्यो सुनको मूल्य

May 10th, 2023

काठमाडौं, बैशाख २७

आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बुधबार ४ सय रूपैयाँले बढेर एक लाख ११ हजार ६ रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला एक लाख ११ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने बुधबार स्थिर रहेर १ हजार ४४५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।