neapl investment mega bank

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

May 10th, 2023

काठमाडौं, बैशाख २७

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ८१ पैसा र बिक्री दर १४४ रूपैयाँ ४६ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ २८ पैसा र बिक्री दर १६६ रूपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७५ पैसा र बिक्री दर ३५ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।