neapl investment mega bank

हरिवनमा टेलिमेडिसिन सेवाको शुभारम्भ

May 9th, 2023

काठमाडौं, बैशाख २६

हरिवन नगरपालिका द्वारा स्वास्थ्य सेवा विस्तार योजना अन्तर्गत विविध स्वास्थ्य सेवाका लागि टेलिमेडिसिन कार्यक्रम संचालन गरिएको छ । टेलिमेडिसिन सेवाको उद्घाटन मधुमेह तथा थाईराइड विशेषज्ञ डा. ज्योति भट्टराईद्वारा हरिवन–४ निवासी कान्छीमाया संगको भिडियो सम्बाद मार्फत गरिएको थियो । नगरपालिकाको विशेषज्ञ सेवा अन्तर्गत डा. नरेन्द्र मैनालिद्वारा प्रत्यक महिना १०० भन्दा बढि बिरामीहरुको चेकजाँच गर्दै आउनुभएको छ । यस कार्यक्रम तेश्रो महिनासम्म आईपुग्दा सेवा थप गर्दै डा. अरुण कुँवरद्वारा मानसिक स्वास्थ्य सम्बन्धि चेकजाँच तथा निःशुल्क औषधी वितरण कार्य हुँदै आईरहेको छ ।

यसका साथै बालबालिका हरुको मानसिक रोग सम्बन्धि तिनदिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भईसकेको छ । हालसम्म १५० भन्दा धेरै स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा शिक्षकशिक्षिका हरुलाई अभिमुखिकरण तालिम प्रदान गरिएको छ । १६४ जना मानसिक रोगिहरुको स्वास्थ्य जाँच गरि १०–१२ जना गम्भिर प्रकृतिका मानसिक रोगिहरुको पहिचान गरि थप उपचारका लागि सिफारिस गरिएको छ ।

यस कार्यक्रम संचालन गर्नका लागि सहयोग गर्नुहुने बिशेषज्ञ डाक्टरहरु डा. अरुण कुँवर, डा. नरेन्द्र मैनालि, डा. ज्योति भट्टराई, डा. अमित झा, सिविन नेपालका तर्फवाट प्रविधिक सहयोग जुटाउनुहुने कुमार भट्टराई, तथा अन्य व्यवस्थापनमा सहयोग गर्नुहुने युवराज बुढाथोकी लगायत सम्बद्ध सवै पक्षलाई नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरियो ।