काठमाडौं, बैशाख २५
जो मान्छे लक्ष्य लिएर हिँडेको हुन्छ, ऊ ढिलो भएपनि आफ्नो गन्तव्यमा पुग्छ । लक्ष्य पूरा गर्नका लागि उसले अनगिन्ती हण्डरठक्कर खाएको हुन्छ । गन्तव्यमा पुगिसकेपछि उसले आफ्नो लक्ष्यलाई कसरी कार्यान्वयन गर्छ ? भन्ने कुराले धेरै प्रभाव पार्छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्ट्राचार हटाउछु र शोषकीहरुलाई कानुनको दायरामा ल्याउछु भनेर जनयुद्धको घोषणा गरेका थिए । १० वर्ष जनयुद्ध गर्दा १७ हजार नेपाली शहिद बनेका छन् । प्रचण्डले हिजो के गरे–गरेनन्, त्यो एउटा पाटो हो ।
तर, अहिले उनले भ्रष्ट्राचारको फाइल खोल्न थालेका छन् । यसमा उनले सफलता हासिल गरे भने मात्र जनयुद्धको अर्थ रहन्छ । १७ हजार शहिदको सपना पूरा हुन्छ । भुटानी शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल’ व्यक्तिहरुको नाम जोडिएको छ । प्रचण्डले तिनलाई कानुनको कठघरामा उभ्याएरै छाड्छन् कि आफैं पछि हट्छन् ? केही समयमा थाहा भइहाल्छ । आफ्नै पार्टीको भएपनि गलत गर्ने नउम्किऊन् भन्ने माग जनताको छ । भ्रष्ट्राचार गर्नु ‘अपराध’ हो ।
त्यसमाथि पनि नेपालीलाई भुटानी बनाएर अमेरिका पठाउनु ‘महाअपराध’ हो । यी कार्यमा जोडिएका हरेकमाथि छानबिन हुन्छ । गैरकानुनी काम गरेर कमाएको तिनका सम्पत्ति राष्ट्रियकरण गरिनुपर्छ । उच्च ओहोदाकै भएपनि ऐनकानुन मिच्ने हक कसैलाई छैन् । चाहे त्यो सांसद्, मन्त्री वा तिनका सन्तान हुन् सबैलाई कानुनको दायरामा ल्याउनुपर्छ । यो काण्ड मात्र होइन्, अन्य काण्डको फाइल पनि धमाधम खोल्नुपर्छ । भक्तपुरका पूर्व सांसद् महेश बस्नेतले उद्योगमन्त्री हुँदा इँट्टाभट्टाबाट करोडौं रुपैयाँ खाएको चर्चा अहिले पनि चलिरहेको छ । इँट्टाभट्टाले प्रदुषण गरेपछि सरकारले उपत्यकाबाट हटाउने निर्णय गरेको थियो । तर, बस्नेतले आर्थिक चलखेल गरेर इँट्टाभट्टा उपत्यकामै सञ्चालन गर्न दिने निर्णय गरे । अहिले पनि इँट्टाभट्टा उपत्यकाकै भित्रै सञ्चालन भइरहेको छ । जसले गर्दा प्रदुषण ह्वात्तै बढेको छ । सर्वसाधारणलाई श्वास प्रश्वासमा समेत गाह्रो हुने गरेको छ । यता, उनले रोकिएको मदिराको लाइसेन्स खोलेर पनि राम्रै आम्दानी गरे । सरकारी, सार्वजनिक र गुठीको जग्गा हिनामिना गर्नेमा उनको नाम पहिलो नम्बरमा आउँछ ।
भक्तपुरबासीहरु उनले धेरै ठाँउका सरकारी जग्गा हिनामिना गरेको बताउँछन् । त्यस्तै, भक्तपुरमा जग्गा प्लानिङ्ग गर्ने पनि उनी नै हुन् । जग्गा प्लानिङ्गमा उनको थुप्रै लगानी छ । होटल, स्कुललगायत अन्य क्षेत्रमा पनि उनको लगानी धेरै छ । २०५४ सालमा गुण्डु गाविसको वडाध्यक्ष हुँदा पनि उनले धेरै भ्रष्ट्राचार गरेको भक्तपुरबासीहरुको आरोप छ । २०५० सालअघिको बस्नेत र अहिलेको बस्नेतलाई देख्दा अधिकांश आश्चर्यचकित हुन्छन् । उनको सम्पत्ति छानबिन हुनुपर्ने माग भक्तपुरबासीहरुले गर्दै आएका छन् । त्यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सम्पत्ति पनि छानबिन गर्नुपर्छ । २०६४ सालमा मनोनीत सांसद् बनेका थापा त्यसअघि कांग्रेसको विद्यार्थी संघको अध्यक्ष थिए । उनले त्यतिबेला पनि हप्ता उठाउँथे । सांसद् हुँदाखेरि बजेटको पैसा हिनामिना गर्नेमा उनको पनि जोडिन्छ ।
२०७३ सालमा स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बीमाको नाममा उनले भ्रष्ट्राचार गरेको बताइन्छ । उनको पनि सम्पत्ति छानबिन गर्नुपर्छ । भ्रष्ट्राचार गरेको सम्पत्ति राष्ट्रियकरण र भ्रष्ट्राचार गर्ने जेलमा हुनुपर्छ । चर्चित टेलिभिजन प्रस्तोताबाट राजनीतिमा पाइला टेकेका रवि लामिछानेको पनि सम्पत्ति छानबिन गर्नुपर्छ । टेलिभिजनमा हुँदा उनले व्यापारी र नेताहरुलाई धम्काएर अंकुत सम्पत्ति जोडेका छन् । आफ्नो गलत काम लुकाउन राजनीतिमा प्रवेश गरेका उनलाई छोड्नुहुँदैन् । एमाले अध्यक्ष केपी ओलीलाई पनि कानुनको कठघरामा उभ्याउन आवश्यक देखिएको छ । उनले भ्रष्ट्राचार गरेको रकम विदेशी बैंकमा लगेर राखेको आम नागरिकहरुको भनाइ छ । त्यसैले उनको सम्पत्ति पनि छानबिन गर्नुपर्छ ।
यता, राप्रपाका कमल थापा, प्रकाशचन्द लोहनी, बुद्धिमान तामाङ, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाहीको पनि सम्पत्तिमा सरकारको नजर पर्न जरुरी छ । ‘भ्रष्ट्राचार गर्नु आमाको रगत पिउनुसरह हो’ भन्ने यिनीहरुले भ्रष्ट्राचार गरेरै अंकुत सम्पत्ति जोडेका छन् । कोही मन्त्री बनेर त कोही अभियन्ता बनेर देश लुटिरहेका छन् । एकीकृत समाजवादीबाट शहरी विकास मन्त्री बनिसकेकी रामकुमारी झाँक्रीको सम्पत्ति पनि खोजतलास गरिनुपर्छ । विरोध खतिवडाको सम्पत्ति पनि छानबिन होस् । त्यस्तै, शेरबहादुर देउवा, माधव नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल, पुष्पकमल दाहाल, खिलराज रेग्मीलगायत अन्य नेताको पनि सम्पत्ति छानबिन हुनुपर्छ । चित्रबहादुर केसीको पनि सम्पत्ति छानबिन होस् । किन कि उनको पनि देखाउने र चपाउने दाँत छुट्टाछुटटै हुनसक्छ । भ्रष्ट्राचारी खोताल्दै जाने हो भने धेरैको नाम बाहिर आउँछ । पदमा पुगेका हरेकले भ्रष्ट्राचार गरेका छन् । कोही भ्रष्ट्राचार गर्नका लागि राजनीतिमा आएका छन् त कोही लुकाउनका लागि ।
पहिले नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्छ । तिनको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । त्यसपछि पालो आउँछ, सरकारी कर्मचारीको । सरकारी कर्मचारीहरु एक नम्बरका घुसखोरी छन् । पिऊन्देखि मुख्यसचिवसम्म भ्रष्ट्राचारी छन्, यहाँ । नेपाल प्रहरीदेखि लिएर नेपाली सेना र सशस्त्रको सम्पत्ति छानबिन गर्नुपर्छ । भ्रष्ट्राचार गर्ने सिपाही होस् या हाकिम कसैलाई छोड्नुहुँदैन् । यिनलाई कानुनको दायरामा ल्याएपछि उद्योग व्यवसायी र निर्माण व्यवसायीको सम्पत्ति छानबिन गरिनुपर्छ ।
राज्यलाई कर छलेर, उपभोक्ता ठगेर कमाएको व्यवसायीहरुको सम्पत्ति पनि खोजतलास गर्नुपर्छ । जनताले आफ्नो नेता हो भनेर भ्रष्ट्राचारीलाई समर्थन गर्नुहुँदैन् । पार्टीले आफ्नो कार्यकर्ता हो भनेर यिनीहरुलाई छोड्नुहुन्न् । सरकारले वडाध्यक्ष र मेयरलाई पनि बाँकी छोड्नुहुँदैन् । भूपु मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, कर्मचारी सबैको सम्पत्ति छानबिन हुनुपर्छ । गलत तरिकाले पैसा कमाउनेहरु उम्किनुहुँदैन् । भ्रष्ट्राचारको दलदलमा मुलुक फसिसकेको छ । भ्रष्ट्राचारका कारण नेपाल खोक्रो बन्न पुगेको छ ।
देश कंगाल बनेको छ भने व्यक्तिहरु मालामाल भएका छन् । अब सरकारले विदेशी ऋण लिने होइन्, भ्रष्ट्राचारीहरुको सम्पत्ति राष्ट्रियकरण गरेर सरकारी खर्च चलाउनुपर्छ । २०४६ साल अघि र पछिका नेता र कर्मचारी सबैको सम्पत्ति छानबिन गर्नुपर्छ । सरकारले तिनीहरुले भ्रष्ट्राचार गरेको सम्पत्ति छानबिन गर्न सक्यो भने यहाँ पैसाको खोलो लाग्छ । देश बच्यो भने मात्र जनता राहन्छन् । त्यसैले नेता होइन् मुलुकको अनुहार हेर्यौं । आफ्नै घरपरिवारले गलत गरे त प्रतिरोध गर्नुपर्छ भने यो त राष्ट्रको मामिला हो ।
पार्टीको झोले होइन्, नेपाली नागरिक भएर सोचौं । भ्रष्ट्राचारीहरुकै कारणले मुलुक तहसनहस बनेको कसैले पनि बिर्सिनुहुँदैन् । जनताले तिरेको करले नपुगेपछि यिनीहरुले विदेशीसंग ऋण लिएर भ्रष्ट्राचार गरे । खाने यिनीहरु अनि ऋणको भारी बोकिदिनु पर्नेचाँहि जनता । आज एउटा नेपालीको टाउकोमा ९० हजार विदेशी ऋण पुगिसकेको छ । विदेशी ऋण लिएको पैसामा जनताले त मोजमस्ती गरेका थिएनन् । अनि उनीहरु किन ऋणको भारी बोक्ने ? सरकारले विदेशी ऋण तिर्न सकेन् भने नेपाल बाँकी रहदैन् । विदेशीले कालोसुचीमा पनि हालिदिन सक्छ । विदेशी ऋण बढेको बढ्यै छ । तर, कसरी खर्च भयो ? जनता बेखबर छन् । अझैपनि जनता मौन रहने हो भने यसबाट ठूलै क्षति निम्तिन सक्छ । खाने सरकारी कर्मचारी र नेता, तिर्ने बेला जनता पर्न सक्छन् । त्यसैले बेलैमा सचेत बनौं । सबै तहसनहस भएपछि टाउको हात राखेर के काम ? श्रीलंका, पाकिस्तानलगायतका मुलुकको अवस्था किन बिग्रियो ?
यसको प्रमुख कारण भ्रष्ट्राचार हो । त्यसैले भ्रष्ट्राचारको विरोधमा बोलौं, भ्रष्ट्राचार गर्नेलाई नछोडौं । जनताहरु अब हात बाँधेर बस्नुहुँदैन् । मुलुकको अस्तित्व जोगाउन, भ्रष्ट्राचार हटाउन टोलटोल, जिल्लाजिल्लाबाट जनता सडकमा ओइरिनुपर्छ । प्रधानमन्त्री प्रचण्डले आफुले गरेको भ्रष्ट्राचार राष्ट्रियकरण गर्नुपर्छ । अरुले भ्रष्ट्राचार गरेको पैसा पनि राष्ट्रियकरण गर्न सक्नुपर्यो । अनि मात्र जनयुद्धको उपलब्धि हात लाग्ला । अब पनि नेताहरु नसुध्रिने हो भने देश र जनताले ठूलै क्षति भोग्नुपर्छ ।