ललितपुर, बैशाख २५
दक्षिण ललितपुरको वागमती गाँउपालिकाले हिजोबाट नयाँ प्रशासनिक भवनबाट सेवा दिन सुरु गरेको छ । गाँउपालिकाको भवन पिएन जेभिले ८ करोड ८७ लाख रकममा निर्माण गरेको हो । भवन निर्माणका लागि गाँउपालिकाले १२ करोड इष्टमेट गरेको थियो । तीन तले भवनमा २२ बटा कोठा रहेका छन् ।
गाँउपालिकाले जग्गा खरिद गरेर नयाँ प्रशासनिक भवन निर्माण गरेको छ । वागमती गाँउपालिका नयाँ प्रशासनिक भवनमा सरेसँगै ललितपुरका ५ वटै स्थानीय निकाय आफ्नो भवनबाट सेवा सुरु दिन थालेका छन् । केही दिनअघिबाट दक्षिण ललितपुरको महाकाल गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिन सुरुवात गरिसकेको छ ।