neapl investment mega bank

ह्वात्तै बढ्यो सुनको मूल्य

May 4th, 2023

काठमाडौं, बैशाख २१

आज पनि सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार १२ सय रूपैयाँले बढेर एक लाख ११ हजार ८ रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोला एक लाख ११ हजार २५० रूपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य पनि बढेको छ । बिहीबार २० रूपैयाँले बढेर १ हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।