बैशाख १८ ललितपुर ।
ललिपुरको महालक्ष्मी नगरपालिका वडा नं. ५ घुम्ती सत्सङ्ग कार्यक्रम सम्पन्न भएको छ । सत्सङ्ग कार्यक्रमको आयोजना तेज बहादुर र गिता देवी न्यौपानेको आयोजनामा गरेका थिए । वाचन पण्डित रमेश सुवेदी ज्यूबाट कथा वाचन गरी सत्सङ्ग कार्यक्रम गरिएको थियो । सहायक पण्डित केदारनाथ ढकाल, हरिहर आचार्यले वाचन सहयोगको भूमिका निभाएका थिए ।
सत्सङ्ग लगाउनुको मुख्य उद्देश्य देवघाटको शान्तीकुञ्ज मधुवन धाममा आश्रम बनाउने र नियमित सत्सङ्ग कार्यक्रम चलाउने, सप्तरी, कैलाली, दाङ्ग, काभ्रेको भेडाबारीमा आश्रम बनाउन पहल गर्दै जाने वाचन पण्डित सुवेदीले जानकारी गराए ।