neapl investment mega bank
  • गृहपृष्ठ
  • वीर अस्पतालको छतको वाल भत्किंदा ४ जना घाइते

वीर अस्पतालको छतको वाल भत्किंदा ४ जना घाइते

May 1st, 2023

काठमाडौं, बैशाख १८

वीर अस्पतालको पुरानो भवनको छतको वाल भत्किँदा चार जना बिरामीका कुरुवा घाइते भएका छन् । आइतबार दिँउसो २ बजे वीरको बीचमा रहेको रातो भवनको छत भत्किएको हो ।

लगातार बर्षाको कारण पुरानो इट्टाको पर्खाल भत्किएको अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए । सो भवन २०३६ सालमा निर्माण भएको थियो । पर्खाल भत्किएसँगै तल करिडोरमा भएका चार जना बिरामीको कुरुवा सामान्य घाइते भएका छन् ।

डा. पौडेलका अनुसार गम्भीर चोट भने लागेको छैन । घाइतेको वीरमा उपचार भइरहेको छ ।