neapl investment mega bank
  • गृहपृष्ठ
  • ३ वर्ष सम्म किन बनेन ? टिकाथलीका ३ मुख्य सडक; जनता भने हैरानीमा

३ वर्ष सम्म किन बनेन ? टिकाथलीका ३ मुख्य सडक; जनता भने हैरानीमा

Apr 30th, 2023


काठमाडौं, बैशाख १७
महालक्ष्मी नगरपालिका वडा नं. ५, ३, २ बालकोट–बालकुमारी टिकाथली कृष्ण मन्दिर, नारायणपुल खड्का गाउँ भिमसशेन मार्ग सम्म जाने सडक ३ बर्ष अघि ठेक्का संझौता भए पनि सो सडक कालो पत्रे हुन भने सकेको छैन । सडक कालो पत्रे हुन नसक्नुको कारण होे ठेक्का पाएको कम्पनी रोशन महर्जन जे. भि, बीरेन्द्र जे. भि., सुमन सापकोटा जे.भि., उदय के.सी. जे. भि.ले सडक बनाउन आलटाल गरेका कारण कहिले कोरोना कहर कहिले आर्थिक मन्दीको वहाना बनाएर सडक कालोपत्रे गर्न ढिलो गरेका छन् ।

तिनै वटा वडामा जनप्रतिनिधिहरु भए पनि जनप्रतिनिधिहरुले सडक बनाउन कुनै चासो देखाएका छैनन् । सडकको अवस्था ३ वर्षदेखि अलपत्र छ पानी पर्दा हिलाम्मे र घाम लाग्दा घुलाम्मे हुने भएकोले स्कूल जाने आउने क्रममा साना विद्यार्थीहरुलाई हिड्न कठिन भएको छ । सडकका दायाँ वायाँ साना पसल गर्ने व्यापारीलाई हैरानी खेप्न बाध्य छन् एक त आर्थिक मन्दीले कष्ट खेपीरहेका साना व्यापारी अर्को सडकको धूलोका कारण पसल खोल्दा धुलोले स्वास्थ्यमा समेत समस्या आएको कुर्ता सुरुवाल व्यवसायी रुपा के.सी. दिक्क मानेर गुनासो पोख्दै भन्छिन् चुनावमा भोट माग्न आउँदा आजै सडक कालोपत्रे हुन्छ जस्तो गर्छन जितेपछि हाम्रो स्वास्थ्यको कुनै चासो राख्दैनन् ।

नयाँ नेता आको पनि एक वर्ष वितिसकेको छ खोइ त सडक बनेको ? जुन जोगी आए पनि कानै चिरेको जनप्रतिनिधि भने जता कमिशन खान पाइन्छ त्यतैको सडक बनाउछन् । मुख्य सडकमा भने सडक बनाउने कुनै चासो देखाएको देखिदैन । घनाबस्ती र धेरै जनता हिड्ने सडक बनाउन आलटाल गर्ने नेता के काम अर्की दुध डेरी व्यवसायी भन्छिन् धुलोले गर्दा व्यवसाय चलाउन भाडा तिर्न समेत कठिन छ । तीन वटै मुख्य सडकको अवस्था उस्तै छ धुलो त छदैछ । बीच सडकमा पानी जमेरका कारण जनता हैरानीमा परेका छन् । यस विषयमा महालक्ष्मी नगरपालिकाका सूचना अधिकारी लव प्रसाद गुप्ताका अनुसार हाल आर्थिक मन्दी भएको भनी सडक बनाउन ठेक्का लिएका ठेकेदारहरुले आलटाल गरेको बताए ।

त्यस्तै, महालक्ष्मी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष कपिल के.सी.का अनुसार नेपाल विद्युत प्राधिकरणले ट्रान्सफरमर सार्न ढिलो गरेको र सबैतिर एकैपटक ठेकेदारले काम थालेकोले यस्तो अवस्था आएको बताए ।