neapl investment mega bank
  • गृहपृष्ठ
  • आदिवासी जनजाति आयोगका अध्यक्षद्वारा संयुक्त राष्ट्रसङ्घीय स्थायी मञ्चमा अधिवेशन सम्बोधन

आदिवासी जनजाति आयोगका अध्यक्षद्वारा संयुक्त राष्ट्रसङ्घीय स्थायी मञ्चमा अधिवेशन सम्बोधन

Apr 30th, 2023

काठमाडौं, बैशाख १५

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी मामिलासम्बन्धी संयुक्त राष्ट्रको स्थायी मञ्चको २२औँ अधिवेशनलाई सम्बोधन गरेका छन् । संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित अधिवेशनमा नेपाललाई प्रतिनिधित्व गर्दै आयोगका अध्यक्ष मगरले सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा अध्यक्ष मगरले पर्याप्त स्रोतसाधनको अभावमा आदिवासी जनजातिको अधिकारलाई व्यवहारमा उतार्न चुनौती सामना गर्नुपरेको धारणा राखेका छन् ।

अध्यक्ष मगरले आदिवासीको ज्ञान प्रणाली दिगो विकास एकर्कामा जोडिएको भन्दै आदिवासी ज्ञान र सीपको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । नेपाल अन्तर्राष्ट्रिय श्रम सङ्गठन पक्ष राष्ट्र रहेको भन्दै महासम्धी नम्बर १६९ अनुरूप संयुक्त राष्ट्रसंघद्वारा घोषित आदिवासीको अधिकारको प्रवर्द्धन र रक्षा गर्न प्रतिबद्ध रहेको बताए । अध्यक्ष मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकल सेल एनिमिया’ रोगको समस्यासमेत संयुक्त राष्ट्रसंघको मञ्चमा उठाएका छन् ।

विश्वका आदिवासी समुदाय प्रभावित भएजस्तै नेपालका थारु समुदाय ‘सिकल सेल एनिमिया’बाट प्रभावित रहेको भन्दै संयुक्त राष्ट्रसङ्घीय स्थायी मञ्चले यो विषयमा सोच्नुपर्ने बताएका छन् । यसै अधिवेशनलाई केही दिन अगाडि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले पनि सम्बोधन गरेका थिए ।