काठमाडौं, बैशाख १५
नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले घटेकाे छ । योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।