neapl investment mega bank
  • गृहपृष्ठ
  • एमालेले बुझायो विषयगत समितिमा रहने सदस्यको नाम

एमालेले बुझायो विषयगत समितिमा रहने सदस्यको नाम

Apr 28th, 2023

 काठमाडौं, बैशाख १५

प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय समितिमा रहने आफ्ना सांसदहरुको सूची बुझाएको छ । बिहीबार प्रतिनिधिसभाका दशवटा विषयगत समितिमा दलबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सचिवालयलाई बुझाएका हुन् ।

नामावली अनुसार अर्थ समितिमा विष्णु पौडेल, पदम गिरी, जुली महतो, सूर्य थापा, भगवती चौधरी, अमर रायमाझी, नारायणप्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगरको नाम मनोनयनका लागि पठाएको छ । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा केपी शर्मा ओली, भीम आचार्य, हरि उप्रेती, सुनिता बराल, देवीप्रकाश भट्टचन, एकनाथ ढकाल, सम्झना थपलिया र दामोदर बैरागीलाई सिफारिस गरेको छ ।  

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मङ्गलप्रसाद गुप्ता र लक्ष्मी महतो कोइरीको नाम पठाएको छ । 

कानुन, न्याय तथा मानव अधिकार समितिमा सुवास नेम्वाङ, महेश बर्तौला, मनबहादुर गुरुङ, किरण कुमार साह, नैनकला थापा, प्रतिक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्माको नाम पठाएको छ ।  

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिमा ज्वालाकुमारी शाह, सूर्यप्रकाश ढकाल, बिजुला रायमाझी, सरस्वती सुब्बा, अमृतलाल राजवंशी, गङ्गाप्रसाद यादव, मानवीर राई र सूर्यकुमारी श्रेष्ठको नाम सिफारिस गरिएको छ । 

महिला तथा सामाजिक मामिला समितिमा टोपबहादुर रायमाझी, ईश्वरी बहादुर रिजाल, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, हर्कमाया विश्वकर्मा, आश्मा चौधरी र विना देवीलाई पठाएको छ ।  

यसैगरी राज्यव्यवस्था तथा सुशासन समितिमा पृथ्वीसुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, लिलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई, बलराम अधिकारी, वासुदेव घिमिरे र मेनकाकुमारी पोखरेलको नाम सिफारिस गरिएको छ । 

पूर्वाधार विकास समितिमा गोकर्ण विष्ट, ठाकुर गैरे, वसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला ९देवकोटा०, दयालबहादुर शाही, प्रेमबहादुर महर्जन र राजकुमार गुप्तालाई पठाइएको छ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छविलाल विश्वकर्मा, विद्या भट्टराई, प्रभु हजारा दुसाध, ईश्वरी घर्ती, सरिता भुसाल, दिपा शर्मा, उर्मिला थेवे र कालुराम राईको नाम सिफारिस गरिएको छ ।  

सार्वजनिक लेखा समितिमा योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युतप्रसाद मैनाली, दामोदर भण्डारी, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मणी राना बराइलीको नाम सिफारिस गरिएको एमाले संसदीय दलले जनाएको छ । 

संयुक्त समितिको नाम पछि उपलब्ध पठाइने जनाइएको छ ।