neapl investment mega bank
  • गृहपृष्ठ
  • डाबर वाटिका मिस नेपाल २०२३ का प्रतियोगीहरुद्वारा बनेपा स्थीत डाबर नेपाल नर्सरीमा भ्रमण

डाबर वाटिका मिस नेपाल २०२३ का प्रतियोगीहरुद्वारा बनेपा स्थीत डाबर नेपाल नर्सरीमा भ्रमण

Apr 27th, 2023

काठमाडौं, बैशाख १४

अप्रिल २७, २०२३ स् डाबर वाटिका मिस नेपाल २०२३ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरु हिजो बनेपास्थित डाबर नेपाल नर्सरीमा पुगेका थिए । यस भ्रमणमा प्रतियोगीहरुले विभित्र वातावरणीय समसस्याहरु बुझ्न पाए र साथै यस समस्याहरुलाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारे पनि बुझ्ने अवसर पाए ।

डाबर वाटिका मिस नेपालका सहभागीहरुले यहाँको विश्व स्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरे । डाबर नेपालले दुर्लभ र लोपोन्मुख जडिबुटीको संरक्षण गर्दै आएका र यी जडिबुटी डाबरका विभित्र उत्पादनहरुमा पनि प्रयोग गर्दै आएका छन् । डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, “प्रकृति र प्राकृतिक प्रजातिको संरक्षणका लागि यी युवाहरुलाई परिचय गराउन पाएकोमा हामीलाई असाध्यै गर्व र खुसी लागेको छ ।

डाबरले आयुर्वेदमा जरा गाडेको एक शताब्दीभन्दा बढी भैसकेको छ र यसको ज्ञानबाट विश्वभर जडीबुटी, स्वास्थ्य, सौन्दर्य र ब्राण्डहरुको उत्पादन र बजारीकरण गर्दै आएको छ । आजका युवाहरु भोलिका कर्णधार हुन् । हामीलाई विश्वास छ की प्रतियोगीहरुलाई यस प्रकारको एक्सपोजरबाट उनीहरुले वातावरण र समाजमा सकारात्मक रुपमा योगदान गर्न सक्षम हुने छन् ।“
डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द राणाले दुर्लभ र लोपोन्मुख जडिबुटीको खेती गर्ने प्राविधिक ज्ञान बाँड्दै इको प्रणालीको सँरक्षणमा कम्पनीको योगदान रहेकोमा जोड दिए । डाबर नेपालको बनेपामा अत्याधुनिक प्रविधिसहितको विश्व स्तरीय हरितगृह रहेको छ जसले नेपालको २४ वटा जिल्लामा संकटग्रस्त प्रजातिको प्रवद्र्घन र खेती गर्दछ र ५० वटा सहकारी मार्पmत जडीबुटी खेती गरी किसानहरु को जिविकोपार्जनलाई वैकल्पिक श्रोतको रुपान्तरण दिएको छ ।

उपभोक्ताहरुलाई उत्कृष्ट प्राकृतिक हेयरकेयर को सोलुषण उपलब्ध गराउने डाबरको निरन्तर प्रतिबद्धताको परिणामस्वरुप, डाबर नेपालले २०२२ मा डाबर वाटिका नेचुरल्स स्याम्पु बजारमा ल्याएको थियो । डाबर वाटिका नेचुरल्स स्याम्पु यस वर्षको मिस नेपाल प्रतियोगिताको प्रमुख प्रायोजक हो । डाबर वाटिका मिस नेपाल २०२३ को ग्राण्ड फिनाले मे २७, २०२३ मा गोदावरी स्थित सनराइज अडिटोरियममा हुन गैरहेको छ र यसको प्रत्यक्ष प्रसारण कान्तिपुर टि भी एच डीमा हुने छ ।