काठमाडौं, बैशाख ११
चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ ।
लामिछाने ३७ हजारभन्दा बढी मतान्तरले अगाडि छन् ।
लामिछानेले ४५ हजार ८४२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४२५ मत पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३२९ मत पाएका छन् ।