neapl investment mega bank

फेरि बढ्यो सुनको मूल्य

Apr 25th, 2023

काठमाडौं, बैशाख ११

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढेको हो ।

योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।