neapl investment mega bank
  • गृहपृष्ठ
  • लुभुको महालक्ष्मी महाभैरब जात्रा शुभारम्भ

लुभुको महालक्ष्मी महाभैरब जात्रा शुभारम्भ

Apr 24th, 2023

बैशाख ,११ ललितपुर

ललितपुरको महालक्ष्मी नगरपालिकाको लुभू अर्थ सुनको थाल भनिने लुभू शहर स्थित महालक्ष्मी महाभैरब लुभूको जात्रा शुभारम्भ भएको छ । बैशाख महिनाको अक्ष्यय तिर्थिया दिन देखि ७ दिन सम्म लाग्ने महालक्ष्मी महाभैरब सहकालका देवता मानिने महालक्ष्मी महा भैरबको मन्दिर बाहिर निकालिए पछि पानी पर्ने त्यस भेगका बासिन्दाले आफ्नो खेत बारीमा कुनै किसिमको खन जोत विऊ विरुवा रोप्न नहुने किंम्बदन्ती छ ।

यदि रोपेमा बोट विरुवा नसप्रने र उब्जनी पनि कम हुने भनाई छ । महालक्ष्मी नगरपालिकाका महालक्ष्मी महाभैरब जात्रा मनाउन आफ्नो टोलको पालो अनुसार दर्शन गर्ने रिति बसाल्दै आएका छन् । यही बैशाख १५ गते राष्ट्रिय पुजा समेत हने जात्रा व्यवस्थापन समितिले जनाएको छ ।