आधारभूमि बैशाख ११ ललितपुर
ललिपुरको महालक्ष्मी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीको सरुवा भएको छ । उनको सरुवा बाराको गढीमाई नगरपालिकामा सरुवा भएको हो । ज्ञवाली ०७८ माघ ५ गते देखि महालक्ष्मी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रुपमा कार्यरत रहेका थिए । उनको ठाउँमा जिल्ला समन्वय समिति ललितपुरका रुद्रलाल भुसाल आएका छन् ।
भुसाललाई स्वागत र ज्ञवालीलाई विदाई महालक्ष्मी नगरपालिका नगर, उपप्रमुखले गरेका थिए । त्यस्तै, महालक्ष्मी नगरपालिकाका वडा अध्यक्ष तथा वडा सदस्यहरु तथा महालक्ष्मी नगरपालिकाका कर्मचारीहरुले स्वागत र विदाई गरेका थिए ।