काठमाडौं, बैशाख १०
महालक्ष्मी नगरपालिका वडा नं. ५, ४, ३, २ बालकोट–बालकुमारी र टिकाथली कृष्ण मन्दिर सम्म जाने सडक ३ बर्ष अघि ठेक्का संझौता भए पनि सो सडक कालो पत्रे हुन भने सकेको छैन । सडक कालो पत्रे हुन नसक्नुको कारण होे ठेक्का पाएको कम्पनी रोशन महर्जन जे. भि. बानेश्वरले सडक बनाउन आलटाल गरेका कारण कहिले कोरोना कहर कहिले आर्थिक मन्दीको वहाना बनाएर सडक कालोपत्रे गर्न रोशन महर्जन जे.भि. बानेश्वरले रोकेको छ ।
चारै वटा वडामा जनप्रतिनिधिहरु भए पनि जनप्रतिनिधिहरुले सडक बनाउन कुनै चासो देखाएका छैनन् । सडकको अवस्था ३ वर्षदेखि अलपत्र छ पानी पर्दा हिलाम्मे र घाम लाग्दा घुलाम्मे हुने भएकोले स्कूल जाने आउने क्रममा साना विद्यार्थीहरुलाई हिड्न कठिन भएको छ । सडकका दायाँ वायाँ साना पसल गर्ने व्यापारीलाई हैरानी खेप्न बाध्य छन् एक त आर्थिक मन्दीले कष्ट खेपीरहेका साना व्यापारी अर्को सडकको धूलोका कारण पसल खोल्दा धुलोले स्वास्थ्यमा समेत समस्या आएको कुर्ता सुरुवाल व्यवसायी मैयाँ के.सी. दिक्क मानेर गुनासो पोख्दै भन्छिन् चुनावमा भोट माग्न आउदा आजै सडक कालोपत्रे हुन्छ जस्तो गर्छन जितेपछि हाम्रो स्वास्थ्यको कुनै चासो राख्दैनन् ।
नयाँ नेता आको पनि एक वर्ष वितिसकेको छ खोइ त सडक बनेको ? जुन जोगी आए पनि कानै चिरेको जनप्रतिनिधि भने जता कमिशन खान पाइन्छ त्यतैको सडक बनाउछन् । मुख्य सडकमा भने सडक बनाउने कुनै चासो देखाएको देखिदैन । घनाबस्ती र धेरै जनता हिड्ने सडक बनाउन आलटाल गर्ने नेता के काम अर्की दुध डेरी व्यवसायी भन्छिन् धुलोले गर्दा व्यवसाय चलाउन भाडा तिर्न समेत कठिन छ । बालकोट – भगवती पाटी सम्म जाने सडकको पनि अवस्था उस्तै छ धुलो त छदैछ । सडकको बीच बीचमा मंगल खनेर मंगलमा उल्टै बाँस, विजुलीको पोल, तारले बीच सडकमा राखेर हैरानी पारेका छन् । यस विषयमा महालक्ष्मी नगरपालिकाका सूचना अधिकारी लव प्रसाद गुप्ताका अनुसार हाल आर्थिक मन्दी भएको भनी सडक बनाउन रोेशन महर्जन जे.भि. बानेश्वरले आलटाल गरेको बताए ।
त्यस्तै, महालक्ष्मी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष कपिल के.सी.ले फोनमा कुरा गर्र्न नमिल्ने बताए ।

